Saturday, 29 December 2018

गणित शिक्षणमा शैक्षणिक विधिहरूको प्रयोग

तिलकबहादुर खत्री
अध्यक्ष, गणित शिक्षा परिषदजाजरकोट

लेखसार
गणित शिक्षणलाई प्रभावकारी रूपमा शिक्षण गर्न शैक्षणिक विधिहरूले शिक्षकहरूलाई सहयोग गर्दछन् । बालबालिकाको सर्वाङ्गीण विकास गर्न र कक्षाकोठामा गुणात्मक सुधार गरी गणित विषयको नतिजालाई वृद्धि गर्न शैक्षिक सिकाइ प्रक्रियामा मेरुदण्डको रूपमा शैक्षणिक विधिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । शिक्षण सिकाइ प्रक्रियाको कारणले विद्यालय तहको गणित विषयको सिकाइ उपलब्धि दिनप्रतिदिन खस्किँदो अवस्थामा छ । गणित विषयप्रति नकारात्मक धारणाको विकास हुनुको साथै गणित बिषय कठिन विषयको रूपमा चिनिन पुगेको छ । अतः गणित विषयलाई उपयुक्त विधिको प्रयोग गरी दैनिक जीवनका समस्याहरूसँग संम्बन्धित क्रियाकलापलाई जोडेर शिक्षण गर्नुपर्दछ । यो लेख विद्यालयतहमा गणित शिक्षणमा कस्ताकस्ता विधिहरूको प्रयोग कक्षा कोठामा गरिएको छभन्ने विषयमा आधारित छ ।

शब्दावली
गणित शिक्षणशैक्षणिक विधिव्याख्यानखोजविधिप्रयोगात्मक विधिक्षेत्रभ्रमणअन्वेषण

परिचय
कक्षा शिक्षण गर्दा शिक्षकले बिद्यार्थीसँग गर्ने विधिलाई शैक्षणिक विधि भनिन्छ । यो शिक्षकले विद्यार्थीलाई विभिन्न ज्ञान र सीप सिकाउन प्रयोग गर्ने विधि हो ( शर्मा एण्ड शर्मा२०७१ पे.१४५) । कक्षाकोठाभित्र वा बाहिर शिक्षक र विद्यार्थीका बीचमा गणित शिक्षणको क्रममा सञ्चालन गरिने शिक्षण सिकाइ क्रियाकलापलाई शिक्षण विधि भनिन्छ (पण्डित,२०६९पे.१५४)। शिक्षण विधि शिक्षकले अपनाउने कक्षा कार्यकलापको संगठन तथा प्रस्तुतीकरणको ढाँचा हो । यसको एकातिर शैक्षिक उद्देश्य हुन्छ भने अर्कोतिर परिणाम र मूल्य हुन्छ । त्यसैले शिक्षकले आफूले सिकाउने विषयवस्तुको माग परिस्थितिउपलब्ध भौतिक सामग्री,विद्यार्थीको स्तररुचिअनुसारको शिक्षण विधि छनौट गर्नुपर्छ ( पण्डित २०६८,पे ९४)। गणित शिक्षणमा व्याख्यान विधि खोज विधि अन्वेषण तथा समस्या समाधान विधिविश्लेषणात्मक र संश्लेषणात्मक विधिआगमण तथा निगमण विधि र प्रयोगात्मक विधिजस्ता उपयोगी शिक्षण विधिहरू छन् ( पण्डित ६९ पे. १५८)। माध्यमिक तहको पाठ्यक्रम २०७२ का अनुसार गणितको कुनै पनि क्षेत्रका विषयवस्तु गणितीय ज्ञान र सीपको विकास गर्न शिक्षण सिकाइको क्रममा विषयवस्तुको प्रकृतिअनुसार निम्नलिखित शिक्षण विधिको प्रयोग गर्न जोड दिइएको छ ।
१) आगमन तथा निगमन विधि           
२) प्रदर्शन विधि
३) अवस्था अध्ययन परियोजना कार्य     
४) सहयोगि विधि
५) सहपाठीहरूबाट सिकाइ समूह कार्य   
६) संश्लेषण र विश्लेषण विधि
७) समस्या समाधान विधि              
८) क्षेत्र भ्रमण
९) प्रयोगात्मक विधि                   
१०) प्रश्नोत्तर तथा छलफल विधि आदि

कक्षाकोठामा शिक्षकले गणितीय विषयवस्तुलाई विद्यार्थीसमक्ष कसरी पु¥याउने र विद्यार्थीले कसरी ग्रहण गर्न सक्दछ ?यो एक महत्वपूर्ण कुरा हो । विद्यार्थीहरूलाई कुनै पनि गणितीय समस्याको समाधानसँगै यो किन गरिरहेका छौ ?यो समस्यालाई किन यसरी समाधान गरिएको हो ?अन्य विधिबाट पनि समस्याको समाधान गर्न सकिन्छ कि ?आदि प्रश्नको उत्तर दिन सक्षम बनाउने दायित्व शिक्षकको हो । यसरी आधुनिक विधिबाट शिक्षण नगरेकाले गणित विषयको नतिजा एकदमै कमजोर रहेको छ । त्यसकारण यो अध्ययन विद्यालय तहको कक्षा कोठामा गणित शिक्षणमा कस्ता कस्ता शिक्षण विधिहरूको प्रयोग भैरहेको छ भन्ने विषयमा केन्द्रित रहेको छ । यो अध्ययनको उद्देश्य गणित शिक्षणमा शैक्षणिक विधिहरूको वर्तमान अवस्थाको पहिचान गरेर शिक्षकले भोग्नुपरेका समस्याहरू तथा समाधानका उपायहरू पत्ता लगाउने रहेको छ ।

अध्ययन विधि
यो लेख गुणात्मक र परिमाणात्मक ढाँचामा आधारित छ । जाजरकोट जिल्लाका आधारभूत तहका ५ जना तथा माध्यामिक तहका ५ जनासहित जम्मा १० जना गणित विषयशिक्षक र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई यो अध्ययनको नमुनाको रूपमा छनौट गरिएको छ । तथ्याङ्कको संकलनका लागि अन्तर्वार्ताप्रश्नावली र रुजु सूचि आदिलाई साधनको रूपमा प्रयोग गरिएको छ । गणित विषय शिक्षकको कक्षा अवलोकन रुजु सूचिलाई तथ्याङ्क संकलनमा प्रयोग गरिएको थियो । कक्षा अवलोकनपछि सम्बन्धित गणित विषयका शिक्षक र प्रधानाध्यापसँग अर्धसंरचित अन्तर्वार्ता र प्रश्नहरूको प्रयोग गरी गुणात्मक तथ्याङ्क संकलन गरिएको थियो ।

नतिजा विश्लेषण 
प्रथमिक स्रोतबाट सङ्कलन गरीएका विभिन्न तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । नतिजाहरूलाई निम्न शीर्षकमा प्रस्तुत गरिएको छः

गणित कक्षाकोठामा शैक्षणिक विधिहरूको प्रयोगको वर्तमान अवस्था
कक्षाकोठामा शैक्षणिक प्रविधिहरूको उपयुक्त तवरले प्रयोग गर्न सकेमा गणित विषय सजिलो विषयको रूपमा चिनिने छ । पाठ्यक्रमले निर्माण गरेको वा तोकेको शिक्षण विधिहरूको प्रयोग कलात्मक रूपमा गर्नुपर्दछ । कक्षाकोठा अवलोकनको क्रममा शिक्षकले हचुवाको भरमा शिक्षण गर्ने गरेको पाइयो । प्रधानाध्यापकको अनुमति लिएर  गणित विषयको पिरियडमा मा वि १ र आधारभूत तहको १ गरी कक्षाकोठा शिक्षण क्रियाकलापका  क्रममा दुईजना शिक्षकको १÷१ कक्षा अवलोकन गरियो । यस क्रममा शिक्षकले योजनाविना शिक्षण गरेको पाइयो । कुनै पनि शिक्षकले लिखित पाठयोजनाविना शिक्षण गरेको पाइयो । १० जनामध्ये २ जनाले केही सामग्री र बाँकीले दैनिक शैक्षिक सामग्री मात्र प्रयोग गरेको पाइयो । यो अध्ययनको क्रममा २ जनाले निगमन विधि ४ जनाले छलफल विधि ,१ जनाले समस्या समाधान विधि र २ जनाले प्रश्नोत्तर विधिको प्रयोग गरी शिक्षण गरेको पाइयो । उक्त सर्वेक्षणका क्रममा शिक्षक केन्द्रित विधिको प्रयोग गरेको पाइयो । शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी निष्क्रिय स्रोताको रूपमा सहभागी भएको पाइयो । क्रियाकलाप प्रवचनात्मक र निर्देशनात्मक भएकोले केही चलाख विद्यार्थीले मात्र सक्रियता देखाएकोपरम्परागत विधिको प्रयोग गरेकोघोकन्ते शिक्षा प्रणाली बाँकी रहेको र आधुनिक शिक्षण विधिहरू विद्यार्थी केन्द्रित विधि  जस्तै परियोजना विधिखोज विधिप्रयोगात्मक विधि प्रदर्शनी विधि सहकार्य विधि आदि प्रयोग नगरेको कुरा कक्षा अवलोकन र अन्तर्वार्ताको क्रममा पाइयो । अतः शिक्षकले गणितीय विषयवस्तु रमाइलो र चाखलाग्दो तरिकाले विद्यार्थीको सिर्जनशीलताको विकास रमाइरमाई गणित विषय सिक्ने वातावरण नभएको तथा दैनिक जीवनमा व्यावहारिक समस्या समाधान गर्ने किसिमका क्रियाकलापहरू प्रयोग गरी सहजीकरण गर्नुपर्नेमा त्यसो नगरेको पाइयो ।

गणित शिक्षणमा शिक्षकले भोग्नुपरेका समस्याहरू
कुनै काममा कामदारको अन्तर आत्मादेखि इच्छा जागेर गरेमा पूर्ण बन्छ । आन्तरिक उत्प्रेरणाले कार्य गर्न ऊर्जा पैदा गर्दछ । विद्यालय तहमा गणित शिक्षण गर्न शिक्षकले विभिन्न कठिनाइको सामना गर्नुपरिरहेको छ । व्यावसायिक क्षमताको विकास गर्न आफ्नो कार्यलाई  कुशलतापूर्वक गुणस्तरीय कायम गर्ने शिक्षकको चाहाना रहेको हुन्छ । यद्यपि विभिन्न समस्याको कारण गणित शिक्षणका शैक्षिक प्रविधिको सफलतापूर्वक प्रयोग गर्न नसकेको पाइयो । यस्ता समस्याहरू निम्नअनुसार छन्ः

शिक्षकको क्षमता र तयारी
शिक्षकले आफ्नो कार्यलाई सफल बनाउन खोज अनुसन्धान र अध्ययण नगर्नु तथा अध्यापन गर्न शैक्षिक योजना तयार गर्ने कार्य नगर्नु मुख्य समस्या रहेको छ । यो शिक्षकको आन्तरिक समस्या हो ।

कार्य बोझ
शिक्षा नियमावली २०५९ अनुसार सामुदायिक विद्यालयका शिक्षकले हप्तामा कम्तीमा २४ पिरियड अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ । यो भन्दा हप्तामा ४० पिरियडसम्म पढाउनु पर्ने बाध्यता रहेको छ । त्यस कारण कार्यबोझ  प्रभावकारी शिक्षणमा समस्याको रूपमा रहेको छ ।

सामग्रीको अभाव
शिक्षा निरन्तर परिवर्तन भइरहने विधा हो । अध्ययनको लागि पाठ्यक्रमको मात्र साहायता लिनुपर्ने बाध्यता छ । शिक्षक र विद्यार्थीलाई सूचना प्रविधिको प्रयोग स्मार्टबोर्डको प्रयोग त कला हो कता सन्दर्भ पुस्तक ,जर्नल तथा शिक्षक निर्देशिकासम्म नभएको अवस्था छ । प्रयोगात्मक रूपमा शिक्षण गर्न गणित प्रयोगशाला कुनै पनि विद्यालयमा छैनन् । सामान्य कम मूल्य पर्ने सामग्रीहरू पनि प्रयोग नगरेको अवस्था छ । त्यस कारण नवीनतम शैक्षिक विधिको प्रयोग गर्न सामग्रीहरूको अभाव रहनु एक समस्या हो ।

तलिमको प्रभावकारिता
शिक्षकहरूलाई पूर्व सेवाकालीन तथा सेवाकालीन र पेशागत क्षमता विकास जस्ता तालिमहरू सञ्चालित छन् । यस्ता तालिमहरूको तालिम कक्षा र वास्तविक कक्षाको वातावरण नितान्त फरक छ । तालिमको मोड्युल र सामग्रीहरूको उपयुक्तता हनुपर्दछ । कक्षाकोठामा कसरी शिक्षण गर्ने भन्ने सीप नसिकाएर यो यो गर्नु भन्ने निर्देशनात्मक शैलीको तालिम दिने तरिकाले व्यवहारमा कसरी शिक्षण गर्ने भन्ने विशेषज्ञले मोडेल कक्षा नलिने गरेकोले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक बनाउन नसकिने कुरा शिक्षकहरूले व्यक्त गर्नुभयो । 

विद्यार्थी संख्या र अनियमितता
शिक्षा नियमावली २०५९ अनुसार प्रतिकक्षा तराई र उपत्यकामा ५० जना पहाडमा ४५ जना र हिमालमा ४० जना विद्यार्थी तोकेको छ । तर वास्तविकता फरक छ । एक कक्षामा ८० जनासम्म राखेर पढाएको प्रत्यक्ष देखियो । यसबाट प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमताको आधारमा शिक्षण गर्न सकिँदैन । अर्कोसमस्या विद्यार्थी नियमित रूपमा उपस्थित नहुने गरेको पाइयो । यसरी विद्यार्थीको अनियमितता र बढी संख्याले पनि विद्यार्थी केन्द्रित शिक्षण गर्न समस्या रहेको छ ।

अनुगमन तथा सुपरिवेक्षण 
प्रत्येक गणित शिक्षकको कक्षा समयसमयमा अनुगमन तथा सुपरीवेक्षण गर्नुपर्ने र सल्लाह सुझाव दिनुपर्ने हुन्छ । कुनै पनि शिक्षकको कक्षा अनुगमन र सुपरीवेक्षण नगरेको पाइयो । यो पनि एक ठूलो समस्या र सरोकारवालाको हेरचेक्राइँ रहेको छ ।

निष्कर्ष
विद्यालय तहको गणितलाई व्यावहारिक रूपमा खेलविधिको प्रयोग गरी सृजनात्मक क्षमताको विकास गर्न शिक्षकले अपनाउनुपर्ने कक्षा क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी केन्द्रित शिक्षण विधिहरूको प्रयोग गर्नुपर्दछ । यस्तो विधिबाट सृजनात्मक कार्य गर्दा गर्दैै गणित विषयप्रति विद्यार्थीलाई आर्कषण गरी गणितीय लत बसाल्नुपर्दछ । गणित गाह्रो विषय होइन यो त दैनिक व्यवहारको अभिन्न अङ्ग हो भन्ने कुरा प्रत्येक विद्यार्थीको मानसपटलमा अमिट छाप पार्नुपर्दछ । अतः गणित विषयको नतिजा सुधार गर्न प्रतिफलभन्दा प्रक्रियामा ध्यान दिनुपर्दछ । यो कार्य शैक्षिक प्रणालीको मेरुदण्ड हो । यो कार्य शिक्षकको दायित्व हो ।

सुझावहरू
गणित शिक्षणमा प्रविधिहरूको कक्षाकोठामा प्रयोगको अवस्थामा सुधार गर्नकमजोर नतिजालाई सुधार गर्नव्यावहारिक ,वास्तविक र जीवनोपयोगी ज्ञान प्राप्त गरी कुशल र दक्ष जनशक्ति उत्पादन गर्न सरोकारवालाले निम्न कार्यहरू गर्नुपर्दछः  

) शिक्षकले खोज, अनुसन्धान, अध्ययन गर्ने र आफूले पढाउने पाठको पूर्व तयारी र पूर्वपरीक्षण गर्नुपर्दछ,

२) वर्तमान विश्वव्यापीकरणको युगमा इमेल इन्टरनेटको प्रयोग गर्ने प्रचलित रणनीतिहरूको प्रयोग गर्ने,

३) विद्यार्थीको रूचि, चाहना, इच्छा र स्तर तथा उपलब्ध सामग्री र पाठ्यवस्तुको साथै सिकाइको पूर्वज्ञान आदिको आधारमा योजनाबद्ध शिक्षण गर्ने,

४) विद्यार्थीलाई नियमित रूपमा उपस्थित गर्ने,

५) प्रतिशिक्षक साप्ताहिक २४ पिरियड मात्र वा कम कक्षा लिन मिल्ने नियमहरू तयार गर्ने,

६) तालिमलाई व्यवहारिक बनाउने र नियमित  पेशागत क्षमता विकास गर्ने,

७) सम्बन्धित निकायबाट अनुगमण र सुपरीवेक्षण गर्नुपर्ने सुझाव दिने र मोडेल कक्षा लिने,

८) विद्यालय वातावरण शिक्षण सिकाइमैत्री बनाउन अभिभावक विद्यार्थी र शिक्षकले आ–आफ्नो दायित्व पूरा गर्ने ।

सन्दर्भ सामग्री
अधिकारीविश्वमणि९२०६५० ,गणित  कसरी सिक्नेकाठमाडौः प्रशान्ति प्रकाशन ।
खत्रीतिलकबहादुर गणित प्रयोगशालाको आवश्यकताशैक्षिक दृष्टिकोण स्मारिका,जाजरकोटः जिल्ला शिक्षा कार्यालय जाजरकोट२०७३ ।
खत्रीतिलकबहादुर शैक्षिक गुणस्तर सुधारका उपायहरूअखिल आवाज,जाजरकोटःअखिल क्रान्तिकारी जिल्ला   समिति जाजरकोट२०७३ ।
पण्डितरामजीप्रसाद९२०६९०,गणित शिक्षणकाठमाडौः इन्दिरा पण्डित ।
पण्डितरामजीप्रसाद९२०७१०,गणित शिक्षाको आधारकाठमाडौः इन्दिरा पण्डित ।
शर्माचिरञ्जीवि र निर्मला ९२०७१० ,शैक्षिक विधिकाठमाडौः एम के पब्लिकेशन एन्ड डिस्टिब्युटर ।

विद्यार्थीलाई कसरी पढाउने?

शिक्षकले विद्यार्थीलाई पढाउने होइन, विद्यार्थीलाई ‘सिक्न’ मद्दत गर्ने हो । सिकाइ सधैँ ‘ट्राइल एन्ड इरर’ प्रक्रिया हो। हामी यो कुरा भुलेर विद्यार्थीलाई केही आउँदैन, शिक्षकले नै सबै सिकाउने हो भन्ने भ्रमबाट शिक्षा प्रणालीलाई लाँदै छौँ । झन् तर्साएर, डर देखाएर जर्बजस्ती पढ्न बाध्य बनाउदै छौं । तसर्थ, अबको शिक्षा प्रणाली सुधारको बहस के पढाउने मात्र होइन, कसरी पढाउने भन्नेमा केन्द्रित हुन जरुरी छ।
हाम्रो शिक्षा प्रणालीले एउटा ठुलो गल्ती गर्दै छ । हामी विद्यार्थीलाई गल्ती गर्न रोक्दै छौँ । अरे बाबा ! विद्यार्थीले कक्षा कोठामा वा सिक्दा गल्ती गर्दैन भने कसरी सिक्छ त ? कक्षा कोठा भनेको त फुटबलको प्राक्टिस म्याच जस्तै हो । कडा मेहनत, गल्ती, गल्ती सुधार्न सिक्नु, गल्ती सुधार्नु, सामूहिक भाव, अनि फाइनल खेलको तयारी । यहाँ त हामी प्रत्येक कक्षालाई फाइनल बनाउन खोज्दै छौं । अनि, विद्यार्थीलाई सिक्नबाट रोक्दै छौं।
हाम्रो शिक्षा प्रणालीमा ३ वटा आधारभूत व्यावहारिकतामा सुधार आवश्यक छ।
१) पढाउन बन्द गरौँ
हामी किन हाम्रो सबैभन्दा ऊर्जावान समय रटान मार्दै बर्बाद गर्दै छौँ ? पढ्नु भनेको घोक्नु हो भन्ने बुझाई स्थापित भैसकेको छ । कण्ठ हुनुप¥यो, बुझ्न आवश्यक छैन । हाम्रो रट्ने बानी परिसकेकाले आफुले सोच्न अनि रचनात्मक हुनै विर्सिसकेका छौं । हाम्रो शिक्षा प्रणालीले हामीलाई झन् भुत्ते बनाउँदै छ । हामीले वर्षौँ पढेका छौँ, तर एउटा टायर परिवर्तन गर्न सक्दैनौँ, फ्युज चेक गर्न सक्दैनौँ, बैकको व्याज कति भयो निकाल्न सक्दैनौँ भने हामीले जिन्दगीमा पढेको २० औं वर्ष के काम लाग्यो र?
 
केही समय यता हाम्रो शिक्षामा केही परिवर्तन आएको छ। किताबहरू इ–बुकमा परिणत भएका छन्। व्हाइट बोर्ड युटुब च्यानलमा परिणत भएको छ । अनलाइन कोर्सहरु सुरु भएका छन् । मेरो डर, हामीले माध्यम नयाँ खोज्दै छौँ तर विधि अनि तरिकामा परिवर्तन ल्याउने बहस चलाउन सकेका छैनौँ । समस्या विधिमै छ।
५ वर्षको बच्चाले आफैं बोल्न सिक्छ, तर जब ऊ स्कूल जान्छ र शिक्षित शिक्षकबाट पढ्न थाल्छ । उसको भाषा झन् कम्जोर बन्दै जान्छ, किन ? किनकि उसले सिक्न छाड्छ, पढ्न (रट्न) सुरु गर्छ । हालको शिक्षाले प्राकृतिक सिक्ने क्षमतालाई नै कम गरिदिएको छ । एउटा बच्चा हिँड्नु अघि सयौँ चोटि लड्छ, फेरि उठ्छ, फेरि लड्छ । सिकाइको यो अनुपम नमुना हो । बच्चालाई कसैले यसरी हिँड भनेर सिकाउन त सिकाउँदैन नि । सिकाइ प्रक्रिया हो।
शिक्षा प्रणालीको सुधारको पहिलो सर्त नै विद्यार्थीलाई पढाउन बन्द गरिनुपर्छ । सिक्ने वातावरण तयार गरिनुपर्छ । शिक्षकको भूमिका विद्यार्थीका निम्ति त्यो वातावरण बनाइदिनु हो । सुझाव दिनु हो । समाधानतिर उन्मुख हुन प्रेरित गर्नु हो । चम्चामै राखेर पिलाउनु होइन । जब विद्यार्थीलाई कुनै परिस्थितिमा राखिन्छ, काम गर्न दिइन्छ, गल्ती गर्न दिइन्छ, सुझाव दिइन्छ, फेरि सुधार्न दिइन्छ तब न सिकिन्छ । यहाँ त विद्यार्थीहरुले सुनोस् नसुनोस, जबर्जस्ती पाठ सकाउन अनि ‘स्लाइडहरु’ सकाउनुलाई पढाइ भनिँदै छ । के यसरी पढाएर विद्यार्थीहरुले रचनात्मक हुन सक्छन् ? यसरी पढेको कुरालाई जीवन उपयोगी बनाउन सक्छन्?
२) ‘कथा’ले कनेक्ट गरौँ
आजको शिक्षाको सबैभन्दा खराब पक्ष, अहिले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई संलग्न नै गराउन सकेको छैन । हाम्रा कक्षाहरू अल्छीलाग्दो बन्दै छन् । जेलजस्तै सजाय काट्ने स्थान बन्दै छन् । तसर्थ, विद्यार्थीलाई विषयमा संलग्न गराउन जरुरी छ । जसका निम्ति विषयलाई कथासंग जोड्ने विधि उपयुक्त हुन्छ । कथाले कक्षालाई रमाइलो बनाउँछ । चासो जगाउँछ । विषयलाई जीवनसँग जोड्न सक्यो भने विद्यार्थीको विषयमा रुचि बढ्छ।
‘पाइथागोरस साध्य’ हामीले रटेर पढ्यौँ तर यो साध्य, हामीलाई यात्रामा कुन बाटो छोटो पर्छ भन्ने देखि, घरको बाहिर प्रयोग हुने भ-याङको लम्बाई कति चाहिन्छ भन्ने सम्मको लागि उपयोगी हुन्छ भन्ने कुरा बुझाउन सकेका छैनौँ । जिन्दगीको पहिलो अक्षर ‘कपुरी क’ को अर्थ पनि कपुर (बास्ना आउने बिरुवा) जस्तै भन्ने रहेछ भन्ने मैले धेरै पछि मात्र बुझेको हुँ।
धेरै विद्यार्थीको लागि ‘क्यालकुलस’ निकै गाह्रो विषय हो । मलाई पनि यो विषय गाह्रो लाग्थ्यो किनकि, मलाई ‘क्यालकुलस’ पढाउने गुरुले यो विषय मेरो जीवनमा कहाँ उपयोगी हुन्छ भनेर भन्नुभएन । आउनुभयो, सूत्र लेखाउनुभयो, प्रश्न नं. १, १७, २१, २७ गरिदिनुभयो । बाँकी मैले साथीहरू अनि गाइडबाट सारेर पढेँ । के काम मेरो पढाइको ? जब परीक्षा सकियो मेरो घोकाइ पनि सकियो । यसरी पढेको पाठले मलाई जिन्दगीमा सहयोग गर्न सक्दैन । यदि मलाई मेरो गुरुले ‘क्यालकुलस’ ले मेरो जिन्दगीमा किन उपयोगी छ भन्ने बताउनुभएको भए मलाई सिक्न रुचि बढी लाग्थ्यो कि ? वा, मलाई ‘क्यालकुलस’ लिबनिज र आइज्याक न्युटन मध्ये कसले पत्ता लगाएको भनेर गणित इतिहासमा रहेको विवादको कथाबारे सरले भन्नुभएको भए पो मेरो ध्यान जान्थ्यो कि?
 
शिक्षकमा हुन पर्ने तेस्रो गुण भनेको सरल तरिकाले बुझाउन सक्ने क्षमता हो । यदि शिक्षकले कुनै पनि विषयलाई सरल ढङ्गबाट बुझाउन सक्दैन भने, त्यसको एउटै मात्र कारण हो शिक्षक आफैँले बुझेको हुँदैन ।
शिक्षा जीवनसँग जोडिनुपर्छ । शिक्षा रमाइलो हुन जरुरी छ । पढाइ बोझ भयो भने, यो फलदायी हुन सक्दैन । तसर्थ, हामीले विद्यार्थीलाई कक्षामा संलग्न गराउन जरुरी छ । संलग्नताले विषयमा ध्यान केन्द्रित गराउँछ । तसर्थ, मेरो भोगाइ अनि गराइले भन्छ, कथा नै एउटा यस्तो साधन हो जसले विद्यार्थीलाई विषयसँग जोड्न सक्छ । प्रत्येक विषयको कथा हुन्छ । प्रत्येक समीकरणको कथा हुन्छ । खाली शिक्षकले खोज्न सक्नुप¥यो ।  जोड्न सक्नुप-यो । तसर्थ, विद्यार्थीलाई विषयसँग जोडेर दिने उदाहरण, कथा, जोक, खेल, घटनाले विद्यार्थीलाई विषयसँग बाँध्न सक्छ अनि विद्यार्थीलाई पढाइमा रुचि बढाउँछ।
३) विद्यार्थी–शिक्षक सम्बन्ध
सफल शिक्षकले २ वटा कुरालाई प्रेम गर्न सक्नुपर्छ । पहिलो, आफूले पढाउने विषयलाई अनि दोस्रो विद्यार्थीलाई । शिक्षकले कक्षाका प्रत्येक विद्यार्थीलाई सहभागी गराउन जरुरी छ । प्रत्येक विद्यार्थीलाई ‘तिमी महत्वपूर्ण छौ’ भनेर महसुस गराउन जरुरी छ । शिक्षकले म तिम्रो ख्याल राख्छु भन्ने भाव सञ्चार गर्न जरुरी छ । विद्यार्थीलाई उत्प्रेरित गर्ने, तिमी सक्छौ भनेर हौस्याउने, उनीहरूसँग उनीहरूको सोखबारे जानकारी लिने, उनीहरूको नाम सम्झने, उनीहरूको विचार, सोच बुझ्ने, सपना सुन्ने, जन्मदिन मनाउने यी सब कुराले शिक्षक अनि विद्यार्थीबीच सम्बन्ध स्थापित गर्न सक्छ । शिक्षकले कक्षाको अन्तिम बेन्चमा बसेका विद्यार्थीलाई अगाडीबाट गएर ‘पढाएको बुझ्दै छौं ? नबुझे सोध है’ भनेर सोध्नाले मात्र पनि त्यो विद्यार्थीको त्यो विषयमा रुची बढ्छ । तर शिक्षक अगाडिको  कुर्सीबाट हल्लिदैनन् । यी साना कुरा होइनन्, यी कुराले असफल कहलिएको विद्यार्थीलाई विषयमा रुचि बढाउन मद्दत गर्छ।
शिक्षकमा तीन ओटा गुण हुन जरुरी छ । पहिलो, शिक्षक कक्षामा स्वाभाविक (नेचुरल) हुन जरुरी छ । जब शिक्षक बनावटी देखिन्छन् तब विद्यार्थीसंग ‘कनेक्सन’ बनाउन सक्दैनन्।
दोस्रो कुरा, सफल शिक्षकले कहिले पनि केन्द्रमा आफूलाई राख्दैनन् । सधैँ केन्द्रमा विद्यार्थीलाई राख्ने गर्छन् । उनीहरूले शिक्षाको पहिलो केन्द्र विद्यार्थी भन्ने बुझेका हुन्छन् । पढाउने भनेको पेन ड्राइभबाट डाउनलोड गरे जस्तो होइन–शिक्षकले भन्यो अनि विद्यार्थीले बुझ्ने । एउटा कटु सत्य के हो भने, विद्यार्थीले शिक्षक विना पनि सिक्न सक्छ तर शिक्षक विद्यार्थी विना अधुरो हुन्छ । ८ महिनाको बच्चालाई हामीले हिँड्न सिकाएको होइन । एक वर्षको बच्चालाई बोल्न शिक्षक चाहिएको होइन । न त कुनै बच्चालाई संवाद गर्न शिक्षकले सिकाएको हो । सिकाइ प्राकृतिक हो, शिक्षक सहयोगी हो।
शिक्षकमा हुन पर्ने तेस्रो गुण भनेको सरल तरिकाले बुझाउन सक्ने क्षमता हो । यदि शिक्षकले कुनै पनि विषयलाई सरल ढङ्गबाट बुझाउन सक्दैन भने, त्यसको एउटै मात्र कारण हो शिक्षक आफैँले बुझेको हुँदैन । चर्चित भौतिक शास्त्री रिचार्ड फेनम्यानलाई एकदिन एकजना विद्यार्थीले भौतिक शास्त्रकै एउटा विषय सोधेछन्, उनले उत्तर दिँदा पनि विद्यार्थीले नबुझेपछि उनले यसलाई साधारण बनाउन मलाई २–३ दिन दिनुहोस् भनेछन् । उनले २–३ पछि उक्त विद्यार्थीलाई भनेछन्, मलाई लाग्छ मैले यसको ‘कन्सेप्ट’ राम्ररी बुझेको रहेनछु किनकि मैले यसलाई सजिलो भाषामा बुझाउन सकिनँ । रिचार्डले भौतिक शास्त्रको बारेमा बुझेको छैन भनेर स्विकारेका छन् । हामी के गर्दै छौँ ? हामी सबै बुझे झैँ विधार्थीलाई झुक्याउँदैछौँ । कुनै पनि शिक्षकले कुनै पनि विषय ५ कक्षाको विद्यार्थीलाई बुझाउन सक्दैन भने एउटै कारण हो कि शिक्षक आफैँले बुझेको हुँदैन।
नयाँ शिक्षाको कल्पना
घरमा बुवा–आमाको कुरा ५ मिनेट सुन्न नसक्ने हामीहरुले दिनको ८ घण्टाको ‘लेक्चर’ सुन्दा कति पाक्छौँ होला ? त्यसैले, एउटा शिक्षक आएर पढाउने अनि विद्यार्थीले चुपचाप सुन्नुपर्ने विधिलाई अब बन्द गर्न जरुरी छ । अब विद्यार्थी आफैँले सिक्न सक्ने माहौल बनाउन जरुरी छ । अहिले धेरै विकसित देशमा सुरु हुँदै गरेको यो विधि हाम्रो लागि पनि उपयोगी हुन सक्छ । शिक्षकले कक्षालाई ४ देखि ८ विद्यार्थीको एउटा ग्रुप बनाएर कक्षालाई भाग लगाउने । अनि, प्रत्येक ग्रुपलाई त्यस दिनको पाठ अध्ययन गर्न दिने । प्रत्येक ग्रुपले उक्त विषयमा अध्ययन गर्ने, छलफल गर्ने । ग्रुपले शिक्षकलाई नबुझेको कुरा सोध्नेछन् अनि आफ्नो बुझाइ कक्षामा प्रस्तुत गर्नेछन् । अनि उनीहरूको प्रस्तुतिमा अरू विद्यार्थीले प्रश्न गर्ने अनि छलफल गर्नेछन् । यसरी विद्यार्थीलाई सिक्न, आफूले बुझेको कुरा प्रस्तुत गर्न सिकाउन सक्यौँ भने उनीहरूको विश्लेषणात्मक क्षमता पनि बढ्नेछ । यसमा शिक्षकले सहयोगीको भूमिका खेलेर माहोल बनाउने काम गर्न जरुरी छ । विद्यार्थीलाई नै विषयमा डुब्न नदिने हो भने नयाँ आइडिया कसरी आउन सक्छ?
अन्त्यमा, केही समय यता हाम्रो शिक्षामा केही परिवर्तन आएको छ । किताबहरू इ–बुकमा परिणत भएका छन् । व्हाइट बोर्ड युटुब च्यानलमा परिणत भएको छ । अनलाइन कोर्सहरु सुरु भएका छन् । मेरो डर, हामीले माध्यम नयाँ खोज्दै छौँ तर विधि अनि तरिकामा परिवर्तन ल्याउने बहस चलाउन सकेका छैनौँ । समस्या विधिमै छ । सुधार विधिमै हुन जरुरी छ। शिक्षा अर्थपूर्ण, उदेश्यमूलक अनि उपयोगी हुन जरुरी छ।
(विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य पाण्डे अध्यापनमा संलग्न छन्)

सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

लेखक: मुकुन्दहरि दाहाल

शिक्षण सरल र बुझ्न सक्ने हुनसक्छ । त्यसका लागि तपाईंमा केवल कला‚ सरल भाषा‚ विद्यार्थीको बुझाइको स्तर बुझ्नसक्ने क्षमता हुनुपर्छ र त्यसै अनुसार शिक्षण गर्नुपर्छ । त्यस्तो शिक्षणका लागि यहाँ केही जानकारी छन्, जसलाई शिक्षक/शिक्षिकाले कक्षाकोठामा र विद्यालय परिसर तथा बौद्धिक अपाङ्गता भएका बालबालिकासँग सञ्‍चार गर्न प्रयोग गर्नुपर्दछ ।

सरल शिक्षण के हो ?

विद्यार्थीले बुझ्न र सिक्न सक्नेगरी शिक्षण गराउनु शिक्षकको कर्तव्य हो । विद्यार्थी जब किशोर अवस्थामा जान्छन्, यो अझ जटिल
हुन्छ । उनीहरूका धेरै किसिमका जिज्ञासा आउँछन्, जसलाई बुझेर शिक्षण गराउन शिक्षकलाई निकै चुनौतीपूर्ण हुन्छ । यस्तो अवस्थामा विद्यार्थीमा बौद्धिक अपाङ्गता छ भने शिक्षकलाई चुनौती अरू थपिन्छ किनकि यस्ता बालबालिका आफ्ना भावना राम्ररी व्यक्त गर्न र शिक्षकसँग सामान्य शिक्षणबाट सजिलै सिक्न सक्दैनन् । हो‚ यस्तो परिस्थितिमा बौद्धिक अपाङ्गता भएका बालबालिकाले बुझ्नसक्ने र आफ्ना भावना व्यक्त गर्न सक्नेगरी गरिने शिक्षणलाई सरल शिक्षण भनिन्छ ।

कसरी ?

सरल शिक्षणका लागि धेरै विधि प्रयोग गर्नुपर्ने हुनसक्छ । वर्तमानमा हाम्रो देशमा यस्तो शिक्षणका लागि शिक्षण सामग्री बनेकासमेत छैनन् । तथापि, पहुँच हुनेखालका अन्तर्राष्ट्रिय सामग्रीहरू प्रयोग गर्न सकिन्छ । यहाँ सरल शिक्षणका लागि केही उपयोगी सीप तथा जानकारी छन्, जसलाई शिक्षकले उपयोग गर्नुपर्छ ।
१. भाषा वा बोलाइ साधारण‚ सरल तथा सजिलैसँग बुझ्नसक्ने हुनुपर्छ ।
२. बोलाइ बिस्तारै र सफा हुनुपर्छ ।
३. विद्यार्थीले तपाईंले बोलेको कुरा बुझिरहेका छन् कि छैनन् भन्‍ने ख्याल गर्दै शिक्षण गर्नुपर्छ । विद्यार्थीले प्रश्‍न गरून् भन्‍नेमा ध्यान दिनुपर्छ । उनीहरूका जिज्ञासालाई उच्‍च प्राथमिकतामा राख्‍नुपर्छ । साना-साना प्रश्‍नलाई समेत झर्को नमानी सम्बोधन गरिदिनुपर्छ ।
४. कतिपय बालबालिका बोल्न नसक्ने‚ लजाउने‚ बोल्न नचाहने हुनसक्छन् । त्यस्ता बालबालिकाले आफ्नो शारीरिक हाउभाउबाट बुझे-नबुझेको सङ्केत गरिरहेका हुन्छन्‚ जसबाट विद्यार्थीले बुझेको वा नबुझेको थाहा पाउन सकिन्छ ।
५ सहयोगी सामग्री प्रयोग गर्नेः
क. बुझाउनका लागि सरल भाषासँगै फोटो अथवा वास्तविक चिज नै देखाउने । जस्तैः अङ्गुर चिनाउनुपर्‍यो भने अङ्गुर नै देखाउने वा अङ्गुरको फोटो देखाउने ।
ख. प्रविधिको प्रयोग गर्ने (सम्भव भएसम्म) । जस्तैः पावर प्वाइन्ट‚ प्रोजेक्टर‚ प्रिजेन्टेसन, मोबाइल, क्यामेरा, क्याल्कुलेटर, रेडियो, टेलिभिजन, कम्प्युटर इत्यादि‚ जसका माध्यमबाट उनीहरूले मनोरञ्जन गर्दै सिक्न सकून् ।
ग. कार्डको प्रयोग गर्ने । जस्तैः रातो र हरियो कार्ड बनाएर विद्यार्थीलाई दिने र पढाएको बुझेमा हरियो कार्ड देखाउने र नबुझेमा वा केही भन्नुपरेमा रातो कार्ड देखाउने भनेर सिकाउने ।
घ. बोल्दा सरल भाषामा, सिधा प्रत्येक विद्यार्थीसँग व्यक्तिगतरूपमा आँखा जुधाएर बोल्ने ।
६. विद्यार्थीलाई वाद–विवाद, छलफल, खेलकुद, मनोरञ्‍जन, नाटक, गीत गाउने, नाच्ने जस्ता कुरा गर्न प्रोत्साहन गर्ने । त्यसका निम्ति वातावरण सिर्जना गरिदिने ।
७. हरेक सफल कामका लागि प्रोत्साहन वा स्यावासी दिने ।
८. छोटो-छोटो समय तालिका बनाएर उनीहरूलाई विभिन्न क्रियाकलापमा सहभागी गराउने, जसले गर्दा शिक्षण उनीहरूलाई झर्को लाग्ने खालका नहोस् ।
A child reading a book titled Easy read

किन ?

माथि भनिएका सीप प्रयोग गरेर सरल भाषामा शिक्षण गराउनु शिक्षकको दायित्व र कर्तव्य हो भने यसरी सिक्नपाउनु बौद्धिक अपाङ्गता भएका बालबालिकाको अधिकार हो । यस्तो सिकाइ विधिले अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त गरेको छ, जसलाई बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूका लागि पहुँचयुक्त विधि मानिन्छ ।

शिक्षकको धारणा, ज्ञान र कला (Attitudes, Knowledge and Skill of the teachers)

धारणा (Attitude)

शिक्षकमा निम्‍न अनुसारका धारणा हुनुपर्छः
क. पहुँचयुक्तविधि (सरल शिक्षण) बाट सिक्न र पढ्न पाउनु तथा व्यक्तिगत आवश्यकताका आधारमा सिकाइ योजना विकास गरेर सिक्न पाउनु यस्ता बालबालिकाको अधिकार हो ।
ख. प्रविधिले शिक्षण सहज बनाउँछ तर यसलाई विद्यार्थीको चाहना र आवश्यकताका आधारमा प्रयोग गर्नुपर्छ ।
ग. पहुँचयुक्त शिक्षणविधि, पाठ्यक्रम, चाहना अनुसारको प्रविधि, सामग्रीको उपलब्धतालाई बालबालिकाको अधिकारका रूपमा ग्रहण गरिएको छ ।
घ. सिकाइ क्षमता विकास र शिक्षक समावेशी शिक्षा प्रणालीतर्फ लक्षित हुनेछ ।

ज्ञान (Knowledge)

शिक्षकमा निम्न किसिमका ज्ञान हुनुपर्छः
क. पहुँचयुक्त शिक्षण विधि, प्रविधिको प्रयोग, व्यक्तिगत शिक्षण योजना (I.E.P.), पहुँचयुक्त पाठ्यक्रम तथा पाठ्य–सामग्रीका बारेमा राम्रो ज्ञान,
ख. सहयोगी व्यक्तिसम्बन्धी अवधारणा र कक्षा–कोठामा सहयोगी वा सहायक शिक्षकको संलग्‍नताको राम्रो ज्ञान,
ग. यस्ता बालबालिकाका लागि कहाँ कहाँ अझ राम्रा शिक्षक वा विशेष शिक्षणका विद्यालय छन्, तिनको जानकारी र तथ्याङ्क तथा आवश्यकता र उपयुक्तताका आधारमा सिफारिस (referral) गर्नसक्ने व्यवस्थासम्बन्धी ज्ञान,

कला र सीप (skill)

शिक्षकमा निम्न अनुसारका कला वा सीप पनि हुनुपर्छः
क. शिक्षकमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीको पहिचान र सिकाइको तरिका बुझी व्यक्तिगत शिक्षण योजना बनाउने कला,
ख. विद्यार्थीमा लुकेको वा नदेखिने अपाङ्गता वा कमजोरीपना लगायत त्यस्ता कमजोरीलाई परिपूर्ति गर्ने शिक्षणविधि विकास गर्ने सीप,
ग. शिक्षकमा विद्यार्थीको सिकाइ मूल्याङ्कन, उपलब्ध पाठ्य–सामग्री तथा प्रविधिले सहयोग गरे/नगरेको मूल्याङ्कन गर्नसक्ने र नयाँ आवश्यकता पहिचान गर्नसक्ने सीप वा कला,
घ. स्थानीयस्तरमै उपलब्ध भएसम्म कम खर्चिलो हुनेगरी उपयुक्त अनुकूलतालाई समेत ध्यान दिई प्रविधिका सामग्रीहरू विकास गर्न सक्ने सीप वा कलासमेत शिक्षकमा जरुरी हुन्छ ।

तपाईंका लागि उत्तम सिकाइ विधि कुन हो ? थाहा पाउनुहोस्

हरेक मानिसको सिक्ने तरीका एकअर्कामा फरक हुने गर्छ । मनोवैज्ञानिकहरूले फरकफरक खालका मानिसका सिक्ने तरीकामाथि वर्षौंसम्म अनुसन्धान गरेर उनीहरूको सिक्ने शैलीलाई केही समूहमा वर्गीकरण गरेका छन् । उनीहरूले सबै बालबालिकाले तेस्रो कक्षासम्म प्रयोगात्मक सिकाइ विधिबाट मात्रै सिक्ने बताएका छन् । त्यसपछि मात्रै उनीहरूमा सिकाइको गहिराइ र आवश्यकतासँगै अन्य सिकाइ विधिको विकास हुने उनीहरू बताउँछन् । मानिसको उमेर बढेसँगै उसको स्वभाव तथा रुचिको पनि विकास हुँदै जान्छ । त्यसैले, उपयुक्त र रुचिकर सिकाइ विधिको छनोट विद्यार्थीका लागि सफलताको सूत्र हुन सक्छ । आफ्नो प्रकृति वा स्वभावअनुसारको सिकाइ विधि भएमा त्यसले सबैभन्दा प्रभावकारी र उत्तम परिणाम दिनेछ । मानिसले सिक्ने तरीकाअनुसार मुख्य चारओटा शैलीबारे यहा“ चर्चा गरिएको छ :
सबैभन्दा व्यापक रूपमा प्रयोग भइरहेको सिकाइ शैली ‘दृश्य सिकाइ शैली’ हो । सन् १९८७ मा न्यूजिल्याण्डका हाईस्कूल तथा विश्वविद्यालय शिक्षक नेल फ्लेमिङले  दृश्य, श्रवण र प्रयोगात्मक (भिजुअल, अडिटोरी एण्ड काइनेस्थेटिक–भीएके) सिकाइ पद्धतिको प्रतिपादन गरेका थिए । पछि यसमा चौथो पढाइ/लेखाइ विधि (रीड/राइट) थपियो त्यसपछि फ्लेमिङको उक्त मोडललाई सङ्क्षेपमा भार्क (भीएआरके) भन्न थालियो । विद्यार्थीका लागि कुनै एउटा वा दुई विधि उपयुक्त हुन सक्छ भने शिक्षकका लागि विभिन्न तरीका एकैसाथ प्रयोग नै सबैभन्दा उत्तम शिक्षण विकल्प हुन सक्छ । यस्तो छनोटले सबै खालका विद्यार्थीलाई सिकाइका लागि राम्रो अवसर सुनिश्चित गरिदिन्छ ।
दृश्यात्मक सिकाइ शैली
यस शैलीमा सिक्ने मानिसहरू सिक्नु वा जान्नुपर्ने विषयबारे आँखाले हेरेर जानकारी लिन्छन् र त्यसको चित्र आफ्नो मस्तिष्कमा सञ्चय गर्दछन् । विशेषगरी उनीहरू पढ्न रुचाउने, राम्रो हस्तलेखन भएका, विस्तारमा जान्न इच्छुक र रङ तथा आकारप्रकारबारे अत्यन्त सजग हुन्छन् । तर, उनीहरू मौखिक निर्देशनमा अल्मलिने र सानै होहल्लाले पनि सजिलै विचलित हुने खालका हुन्छन् । विशेषगरी उनीहरू अन्य मानिससँग कुरा गर्दा आँखामा आँखा मिलाउन रुचाउँछन् । 
 
देखेर सिक्नेहरूका लागि केही सुझाव 
मौखिक निर्देशनलाई लेख्दा वा पढ्दा फोटो, चार्ट, डायग्राम, नक्साजस्ता दृश्य सामग्रीको प्रयोग गर्नुपर्छ । त्यस्तै, भौतिक वा शारीरिक हाउभावको प्रयोग गर्ने, भाषाका हिज्जे, शब्दार्थ, व्याकरणजस्ता कुराको अध्ययन गर्दा त्यसमा दृश्यात्मक रूपको प्रयोग गर्नु उचित हुन्छ । साथै, जानकारीलाई रङ कोडको प्रयोग गरेर सुव्यवस्थित गर्ने, अध्ययनका लागि शान्त तथा सफा स्थानको छनोट गर्ने र ध्यान अवरोधकलाई सम्भव भएसम्म कम गर्ने गर्नुपर्छ । यी कुरामा सजग हुन सके तपाईं सबैभन्दा राम्रो विद्यार्थी बन्ने पक्का छ ।   
श्रव्य सिकाइ शैली 
श्रव्य सिकाइमा जानकारीलाई बोली अर्थात् आवाजको माध्यमबाट प्रस्तुत गरिन्छ । यस सिकाइ वर्गका मानिस सामान्य व्यक्तिभन्दा धेर बोल्ने खालका हुन्छन् । उनीहरूमा सामाजिक भावना अधिक मात्रामा हुन्छ । उनीहरू कथा तथा चुट्किला सुन्न मन पराउने स्वभावका हुन्छन् । यस वर्गको मानिसले सङ्गीत, नृत्यलगायत प्रस्तुतीकरण कलामा राम्रो उन्नति गर्ने सम्भावना हुन्छ । यो विधिमा बोलेर र सुनेर सबैभन्दा राम्रो शिक्षण तथा सिकाइ हुन्छ । 
श्रव्य सिकाइ वर्गका केही मानिसमा विस्तारै पढ्ने र लेखाइमा समस्या हुन सक्छ । लिखित निर्देशन बुझ्न र त्यसलाई पालना गर्न उनीहरू कठिन मान्छन् । लामो समयसम्म चुपचाप बसिरहन नसक्ने स्वभाव हुने भए तापनि नाम सम्झने र स्वर सजिलै पहिचान गर्न सक्ने क्षमता उनीहरूमा अधिक हुुन्छ । तरप, मानिसको अनुहार सम्झिरहन भने सक्दैनन् । उनीहरूले कुनै मानिसको अनुहार बिर्सिए पनि स्वर भने पहिचान गर्न सक्छन् । धेरैजसो गुनगुनाइरहने र पढिरहँदा आफैसँग संवाद गर्ने स्वभावसमेत उनीहरूमा हुन सक्छ ।
सुनेर सिक्नेहरूका लागि केही सुझाव
भाषाको अभ्यास गर्दा शब्दको खेल खेल्ने र छन्दको प्रयोग गर्नु उचित हुन्छ । अक्षरलाई औंलाले देखाएर बच्चाले जस्तै कराएर पढ्न सकिन्छ । त्यस्तै, जानकारीलाई सस्वर दोहोर्‍याउँदै सम्झने प्रयास गर्ने मौखिक व्याख्यान सुन्ने तथा आफैलाई भाषण दिने पनि गर्न सकिन्छ । यदि तपाईं यो कोटीमा पर्नुहुन्छ भने श्रव्य सामग्रीको अधिकतम प्रयोगले सबैभन्दा उत्तम नतीजा दिनेछ ।
प्रयोगात्मक सिकाइ विधि
यसलाई शारीरिक हाउभावको सिकाइ विधि पनि भन्न सकिन्छ । यस विधिबाट सबैभन्दा राम्रोसँग सिक्ने मानिस बाहिरी संसारमा अधिक रमाउँछन् । उनीहरू एथलेटिक्स तथा कला प्रदर्शनीमा दक्ष हुन्छन् । उनीहरू आफ्नो भावनालाई भौतिक रूपले व्यक्त गर्न रुचाउने, अङ्गालो वा धाप मार्नेजस्ता शारीरिक गविविधिबाट व्यक्त गर्ने खालका हुन्छन् । नयाँ शीपको निर्देशन दिनु वा प्रदर्शन गर्नुभन्दा आफै अभ्यास गर्न रुचाउँछन् । यस खालका मानिसले भौतिक वस्तुको प्रयोगबाट र शारीरिक हाउभाव तथा अभ्यासबाट राम्रोसँग सिक्न सक्छन् । यो वर्गका मानिस लामो समयसम्म एकै स्थानमा बसिरहन र पढ्न गाह्रो मान्छन् । यस्ता मानिसलाई एडीएचडी (ऐटेन्शन डिफिसिट हाइपर एक्टिभिटी डिसअर्डर)को रूपमा पनि लिइन्छ । पछिल्ला वर्षहरूमा यस्ता विद्यार्थीले फरक तरीकाले सजिलै सिक्ने भनेर धेरै शिक्षकले यस विधिलाई स्वीकार गरिसकेका छन् । प्रशस्त शारीरिक हाउभाउबाट यो वर्गका मानिसहरूले सजिलै र राम्रोसँग सिक्न सक्छन् ।  
प्रयोगात्मक सिकाइ शैलीका विद्यार्थीलाई सुझाव
पढाइको बीचबीचमा एकछिन आराम गर्ने तथा प्रयोगलाई प्राथमिकता दिने गर्न सकिन्छ । त्यसका लागि पजल, नक्शा, जिओमेट्री बक्स, अबाकसजस्ता हाते शैक्षिक सामग्रीको प्रयोग गर्न उचित हुन्छ । पढ्ने स्थानमा मात्रै सीमित नभएर वरिपरि घुम्दै अध्ययन गर्ने, लडिबुडी गर्दै वा भुइँमा सुतेर विभिन्न शारीरिक आसनमा बसेर पढ्ने आदि गर्न सकिन्छ ।
पढ्ने/लेख्ने सिकाइ विधि 
यो फ्लेमिङको पछिल्लो मोडल हो । यसलाई उनले तेस्रोमा राखेका छन् । यस सिकाइ विधिबाट सिक्ने मानिसको स्वभाव होहल्ला मन नपराउने हुन्छ । उनीहरू लेखिएका शब्दहरूबाट राम्रोसँग सिक्छन् । किताब तथा नोटहरू पढेर अधिक जानकारी हासिल गर्दछन् । यस खालका व्यक्तिहरू धेरै नोट तथा सूचीहरू बनाउँछन् । उनीहरू तस्वीर, डायग्राम्स, लेक्चर, चार्टको प्रयोग रुचाउँछन् र यसबाट छिट्टै सिक्छन् पनि । साथै, वैज्ञानिक अवधारणालाई पनि व्याख्यात्मक शैलीमै सिक्न मन पराउँछन् । यस्ता मानिस निकै छिटो पढ्ने खालका हुन्छन् र लेख्नसमेत शिपालु हुन्छन् । उनीहरू शारीरिक भाषा तथा अन्य सामाजिक सङ्केतहरू सजिलै बुझ्दैनन् ।
यस वर्गका विद्यार्थीलाई सुझाव 
यस वर्गका विद्यार्थीले नोट धेरै लेख्ने, पुनर्लेखन गर्ने तथा पढ्ने, लेखेर प्रशस्त अभ्यास गर्ने, डायग्राम्स, ग्राफ वा गणितीय तथ्याङ्कको पनि भाषिक व्याख्यान गर्ने वा व्याख्या पढ्ने आदि गर्न उचित हुन्छ ।
Source: http://www.abhiyan.com.np/?p=44455